बुटवल आउँदै दाहाल, माओवादी ब्यूँतिएपछि पहिलो पटक कार्यकर्तालाई प्रशिक्षण दिँदै

बुटवल : सर्वोच्चको आदेशबाट नेकपा माओबादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन आज बुटवल आउँदै छन् । आजबाट बुटवलमा सुरु हुने दलित पत्रकार संघको राष्ट्रिय अधिवेशनको उदघाटन गर्न अध्यक्ष दाहाल बुटवल आउन लागेका हुन् ।
शुक्रबार बिहान १० बजे दलित पत्रकार संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गरेपछि दाहालले रुपन्देहीका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको माओवादीका नेता रामप्रसाद वञ्जाडेले जानकारी दिए । माओवादी केन्द्रले होटल डेनोभोमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । पार्टी ब्युँतिएपछि माओवादी केन्द्रको भोलिको कार्यक्रम नै पार्टीको पहिलो कार्यकर्तास्तरको कार्यक्रम हुने छ ।
फागुन २८,२९ र चैत १ गते सम्म संचालन हुने दलित पत्रकार संघको अधिवेशनको उदघाटन सत्र पूर्वप्रधानमन्त्री दाहालको प्रमुख आतिथ्यतामा हुने संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले जानकारी दिए । महाधिवेशनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार र लेखनवृतीसमेत वितरण गरिने तयारी भएको अध्यक्ष पहाडीले बताए । करिब ४ सय पत्रकारको सहभागिता रहने उक्त अधिवेशनमा देशभरका ७७ जिल्लाका प्रतिनिधि उपस्थित रहने बताइएको छ ।

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

प्रतिक्रिया