आर्टेटाको आर्सनल खेलाडीलाई सन्देश- गल्ती नगर

काठमाडौँ: मार्टिन ओडेगार्ड, गाब्रियल र मोहम्मद एलनेनीले एक-एक गोल गरेपछि आर्सनलले युरोपा लिगको अन्तिम–१६ को पहिलो लेगमा ओलिम्पियाकोसलाई हरायो । ग्रिक विपक्षीकै मैदानम ३-१ को जित हासिल गर्दा आर्सनल युरोपाको क्वार्टरफाइनल प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।
तर काराइकाकिस रंगशालामा निस्केको नतिजाले आर्सनल प्रशिक्षक मिकेल आर्टेटालाई पूर्ण रुपमा सन्तुष्ट भने बनाउन सकेन । कारण थियो, आर्सनल गोलरक्षक बर्नाड लेनोको कमजोरीले खाएको गोल ।
रियल म्याड्रिडबाट यसै सिजन लोनमा आर्सनल आएका ओडेगार्डले लन्डन कलबलाई ३४ औँ मिनेटमै अग्रता दिलाएका थिए । तर लेनोले आफ्ना साथीलाई पास दिएको बल ओलिम्पियाकोसका युसुफ अल अरबीले खोस्दै बक्स बाहिर बाट गरेको प्रहार गोलमा परिणत हुँदा खेल बराबरीमा पुग्यो । यद्यपि आर्सनलले दोस्रो हाफमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक बटुल्यो ।
लेनोले गरेको गल्तीमा आर्टेटा सन्तुष्ट भएनन् । तर रक्षापंक्तिबाट खेल ‘बिल्डअप’ गर्न भने नछाड्ने उनको भनाई थियो । ‘हामीले खेलमा सुरुवात बलियो तवरले गर्यौँ । धेरै मौका पनि सिर्जना भयो । तर हामीबाट गल्ती पनि भयो । यस्ता किसिमका गल्ती हाम्रा खेलाडीहरुले निरन्तर गरिरहेका छन् । जुन रोकिनु पर्छ,’ आर्टेटाको भनाई थियो । रक्षापंक्तिबाट ‘बिल्डअप’ सुरु गर्दा केही गल्ती हुन सक्ने तर त्यसका लागि खेलाडी सचेत हुनुपर्ने आर्टेटाको भनाई थियो ।

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

प्रतिक्रिया