एमालेभित्र संसदीय दलको नेता र प्रमुख सचेतकका विषयमा विवाद

जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेभित्र संसदीय दलको नेता र प्रमुख सचेतकका विषयमा विवाद उत्पन्न भएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेश २ मा एमालेभित्र संसदीय दलको नेता र प्रमुख सचेतक पदका लागि विवाद उत्पन्न भएको हो ।
तत्कालीन नेकपा प्रदेश २ मा ओली समूहका सत्यनारायण मण्डललाई प्रमुख सचेतक र सुन्दरबहादुर विश्वकर्मालाई संसदीय दलको नेतामा चयन गरिएको थियो । पछिल्लो पटक पुस २१ गते ओली समूहका मण्डललाई अविश्वासको प्रस्ताव लगाई दाहाल-नेपाल समूहले हटाएर नेपाल पक्षका शत्रुध्न महतोलाई संसदीय दलको नेतामा चयन गरेका थियो ।
तर एमाले र माओवादी ब्युँतिएपछि एमालेभित्र संसदीय दलको नेताका लागि विवाद उत्पन्न भएको हो । प्रदेश सभाको आगामी बस्ने बैठकमा एमाले र माओवादी केन्द्र दुवैको संसदीय दलका नेताको कुर्सीमा को बस्ने भन्ने अन्यौल छ । एमालेभित्र विवाद देखिए पनि माओवादी केन्द्रले पनि नेता चयन गर्न सकेको छैन । चैतको पहिलो साता बस्ने प्रदेश सभाको बैठकमा एमालेको तर्फबाट नेताको कुर्सीमा सत्यनारायण मण्डल वा शत्रुध्न महतो को बस्ने विवाद छ ।
सभामुख सरोजकुमार यादवले एमाले र माओवादी केन्द्र दुवैले नेता र प्रमुख सचेतक विवाद बैठक बस्नु अघि निक्र्यौल गरेर नामावली दिनुपर्ने बताए ।
ओली समूहका नेता मण्डलले पार्टीले निर्णय गर्ने र त्यसलाई सवैले स्वीकार गर्ने बताए । उनले आफूलाई के कति कारणले हटाइएको थियो जवाफ दिनुपर्ने समेत बताए । 'पछिल्लो पटक केही हाम्रा साथीहरू बहकाउमा परेर पार्टीकै विरोधमा लागेका थिए,' उनले भने, 'पार्टीभित्र कुनै छलफल नै नगरी विद्रोही समूहसँग मिलेर एकलौटी रूपमा आफूलाई नेताको पदबाट हटाए । कुन आधारमा हटाइयो र महतोलाई नेता चयन गरियो भन्ने जवाफ दिनुपर्छ । पार्टीमा विद्रोह गरी अनुशासनविपरीत कार्य गर्नेलाई कारबाही गर्नुपर्छ ।'
माधव पक्षका नेता महतोले पछिल्लो राजनीतिक परिस्थितिअनुसार आफू दलको नेता चयन भएको दाबी गरे । 'संवैधानिक व्यवस्थाअनुसार नै बहुमत र प्रक्रिया पुर्याएर नेतामा चयन गरिएको हो,' उनले भने, 'अहिले राजनीतिक परिस्थिति परिवर्तनपछि पार्टी नै पुर्ववत अवस्थामा फर्कियो, पुनः नयाँ नेता र सचेतक हुनेछ ।'

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया