‘कर्णाली घुमाउटो छैन, घुम्टोभित्र छ’

‘सुर्खेत : ‘कर्णाली घुमाउटो पड्यो’ शीर्षकमाथि आपत्ति जनाउँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले कर्णाली घुमाउटो नभई घुम्टोभित्र परेको बताएका छन् । कर्णाली उत्सवको दोस्रो संस्करणको तेस्रो दिनमा भएको छलफलमा उनले ‘कर्णाली घुमाउटो पड्यो’ शीर्षकमाथि आपत्ति जनाउँदै यस्तो विचार राखेका हुन् । ‘कर्णालीलाई घुमाउटो वा घुमाउरो छ भन्ने गरिन्छ,’ उनले भने, ‘तर, कर्णाली घुमाउटो छैन, सुन्दर कर्णाली घुम्टोभित्र छ । कर्णालीको भविष्य उज्वल छ बस् घुम्टो उठाउन जरुरी छ’ उनले भने ।
कर्णालीपछि पर्नुमा ठूलो भू-भागमा छरिएको जनसंख्या भएको उनले बताए । ‘भौतिक, सामाजिक, परम्परागत संरचनाले कर्णालीलाई पछाडि पारेको हो,’ उनले भने । कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले कर्णाली विगतमा कर्णाली सम्पन्न भएको बताउँदै सामाजिक, आर्थिक र सरकारी अर्थ व्यवस्थाले यो क्षेत्रपछि परेको बताए ।
कर्णालीमा हेलिकप्टरबाट चामलको राजनीति समेत सुरु भएको गुनासो उनले गरे । ‘कर्णालीलाई हेयको दृष्टिले हेरिन्छ,’ उनले भने, ‘गरिब, मागेर खाने मानिसहरूको ठाउँ भनेर चिनिन्छ । छलफलमा उनले कर्णालीको सामाजिक र आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिने योजना रहेको बताए । ‘यहाँ प्राथमिकताको आधारमा पूर्वाधार विकास भएको छैन,’ उनले भने, ‘हामीले पूर्वाधारलाई उत्पानसँग जोड्ने योजनासमेत बनाएका छौँ ।’
योजनाविद् डा. दिनेशचन्द्र देवकोटा कर्णालीको आफ्नै गौरभ, स्वाभिमान र संभावना भएको बताए । ‘बातावरणीय हिसावले हामी सुरक्षित छौँ,’ उनले भने, ‘यसलाई टेकेरै कर्णाली धेरैअघि बढ्न सक्छ । यहाँको आफ्नै संभावना छ ।’
छलफलमा उनले मुुलुक रुपान्तरणका शिक्षाले पुलको काम गर्ने बताए । ‘आफ्नो आवश्यकताको पहिचान गरेर कृषिलाई शिक्षासँग जोड्नुपर्ने देखिएको छ,’ उनले भने, ‘ज्ञानमा केन्द्रित समाज बनायौँ भने मुलुकको विकास संभव छ ।’ यो सत्रलाई सामाजिक विकास अभियन्ता डा. रेणु अधिकारीले सहजीकरण गरेकी छिन् ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया