धनुषाका विभिन्न स्थानमा 'मांस मदिरा' बिक्री गर्न रोक

जनकपुरधाम : मिथिला माध्यमिकी परिक्रमालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले पशुपंछी बध तथा मांस मदिरा बिक्री वितरणमा रोक लगाएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले सूचना जारी गर्दै परिक्रमा डोला घुम्ने जिल्लाका विभिन्न स्थानमा रोक लगाएका हुन् ।
मिथिला माध्यमिकी, पंचायणी तथा अन्र्तगृह परिक्रमाको डोला विश्राम गर्ने प्रत्येक विश्रामस्थल तथा सोको १ किलोमिटर वरिपरीको क्षेत्रमा डोला पुग्नु भन्दा २४ घण्टा अगावैदेखि लागु हुनेगरी पशुपंछी वध तथा मांसमदिरा बिक्री वितरण एवं सेवन नगर्न सुचनामा भनिएको छ ।
१५ दिने मिथिला मध्यमा परिक्रमाका विश्रामस्थलहरू अन्तर्गत फागुन २९ गते शनिबार हनुमानगढी, चैत ८ गते आइतबार पर्वता, चैत ९ गते सोमबार धनुषाधाम, चैत १० गते मंगलबार सतोषर, चैत ११ गते बुधबार औरही, चैत १४ गते शनिबार जनकपुरधाममा पशुपंछी वध तथा मांसमदिरा बिक्री वितरण एवं सेवन नगर्न आग्रह गरिएको छ ।
त्यस्तै चैत १५ गते आइतबार जनकपुरधाममा श्रद्धालुहरुले अन्तरगृह परिक्रमा घुम्ने भएकाले सो दिन समेत मांसमदिरा बिक्री वितरण नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले अनुरोध गरेको छ ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया