साङहाईमा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो शुरु
चीनद्वारा १ खर्ब ७९ अर्ब मास्क निर्यात गरेको जानकारी

बेइजिङः चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो बिहीबारबाट औपचारिक रूपमा साङहाईमा शुरु भएको छ । यो गत सेप्टेम्बरमा चीनले आयोजना गरेको चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलापछि अर्को अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक मेला हो । त्यसअघि क्यान्टन मेलालगायत अरू मेलाहरू भर्चुअल तरिकाबाट आयोजना गरिएको थियो । एक्स्पो आयोजना भएपछि चीनले कोभिड महामारीको रोकथाम तथा नियन्त्रण गरेको स्पष्ट झल्किन्छ । विगत तीन वर्षदेखि आयातलाई मुख्य विषय मानेर यो अन्तर्राष्ट्रिय आयात एक्स्पो आयोजना भइरहेको छ ।
तेस्रो चीन अन्तराष्ट्रिय आयात एक्स्पो एवम होङछ्याउ अन्तर्राष्ट्रिय अर्थतन्त्र मञ्चको उद्घाटन समारोह साङहाईमा बुधबार नोभेम्बर ४ तारिख गरिएको छ । मञ्चलाई चीनका राष्ट्रपति सी चिनफिङले भिडियोमार्फत महत्त्वपूर्ण सम्बोधन गरेका छन् । सम्बोधनमा राष्ट्रपति सीले चीनले खुलापन, सहयोग, एकता तथा साझा विजयको विचार लिएर चौतर्फी रूपमा खुलापनलाई विस्तार गर्नुका साथै अझ प्रभावकारी रूपमा स्वदेशी तथा विदेशी बजारलाई सम्पर्क गर्ने र मुख्य श्रोत बाँड्नेमा जोड दिएका छन् । चिनियाँ बजारलाई विश्व बजार, सेयर्ड (आदान प्रदानको) बजार र सबैको बजार बनाएर अन्तर्राष्ट्रिय जगतमा अझ बढी सकारात्मक शक्ति थप्न चाहेको पनि औँल्याएका छन् ।
राष्ट्रपति सीले चीनले महामारीको नियन्त्रण तथा रोकथाम गरी निर्धारित योजनाबमोजिम विश्वव्यापी व्यापार एक्स्पोको आयोजना गरेबाट सेयर्ड बजारको अवसरसँगै विश्व आर्थिक पुनरूत्थानलाई बढाउने इच्छा प्रबल रहेको पनि व्यक्त गरे । वैदेशिक खुलापनलाई विस्तार गर्दै विभिन्न देशहरूले सँगसँगै साझा रूपमा जोखिम तथा चुनौतीको सामना गरी सहयोग तथा वैचारिक आदानप्रदानलाई सबल पार्नुपर्ने पनि बताए ।
राष्ट्रपति सीले भिडियोमार्फत् सम्बोधन गर्दै १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा मझौला आम्दानी भएको समूहको संख्या ४० करोड रहेको र यो विश्वको सबैभन्दा ठूलो बजार भएको पनि औंल्याए । आगामी १० वर्षमा चीनको आयात क्षेत्रमा संलग्न रकम २२ खर्ब अमेरिकी डलर पुग्ने अनुमान सीको छ । चीनले अक्टुबर २० सम्मको तथ्याङ्क अनुसार, कोभिड-१९ विरूद्ध प्रतिकार गर्न १५० वटा देश र ७ वटा अन्तर्राष्ट्रिय संगठनलाई सहयोग गर्नुका साथै १ खर्ब ७९ अर्ब मास्क, १ अर्ब ७३ करोड सुरक्षात्मक सुट र ५४ करोड ३० लाख टेस्टिङ किट्स आयात गरेको छ ।
अन्तर्देशीय व्यापार सम्बन्धी नकारात्मक सूची, डिजिटल अर्थतन्त्र, ईन्टरनेट क्षेत्रको खुलापनको विस्तारलगायत नयाँ कदम सार्वजनिक गर्ने जानकारी दिँदै चीनले खुला तथा पारदर्शी विदेश सम्बद्ध कानुनी प्रणालीको सुधारमा निरन्तरता दिँदै बौद्धिक सम्पत्ति सर्वाधिकारको संरक्षणको प्रवर्द्धन गर्नुका साथै विदेशी कम्पनीको वैधानिक हक-अधिकारको संरक्षण गर्ने पनि बताए ।
यस पटक ५७ वटा मुलुकहरु एकस्पोमा सहभागी छन् । अघिल्ला दुई संस्करणमा जस्तै यस पटक पनि एक्स्पोमा नेपालको सहभागिता रहेको छ ।
यस पटक मात्र नेपाली ७ वटा कम्पनीको एक्स्पोमा सहभागिता छ । ईन्टरनेशनल ट्रेड एण्ड एक्जिविसन नेपालका प्रबन्ध निर्देशक प्रेम सङ्ग्रौलाले थाङ्का, पस्मिना र धातु मूर्तिका कारोबार गर्ने ७ वटा नेपाली कम्पनीहरूको सहभागिता रहेको जानकारी दिए । उनको संस्थामातहत नेपाली टोलीले एक्स्पोमा सहभागिता जनाएका हुन् ।
काठमाण्डुबाट कुनै नेपाली व्यापारी टोली छङ्तु र कुनै क्वाङचौमा पुगेर १४ दिनको क्वारेन्टाइनपछि साङहाई पुगेका हुन् । बेइजिङस्थित नेपाली दूतावासका अनुसार चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डे, ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुली पनि एक्स्पोमा सहभागी भएका छन् ।
सन् २०१८ मा आयोजित पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा ५७ अर्ब ८३ करोड अमेरीकी डलरको कारोबार भएको थियो भने सन् २०१९ मा दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा ७१ अर्ब १३ करोड अमेरीकी डलरको कारोबार भएको थियो ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया