वीरगञ्जबाट अवैध लागुऔषधसहित दुईजनालाई पक्राउ

वीरगञ्ज : वीरगञ्जबाट प्रहरीले अवैध लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । दोलखाको झुले गाउँपालिका–२ घर भई चितवन टाँडी नगरपालिका– २ बस्ने २० वर्षीय सुरज कार्की र मकवानपुर हटौडा उपमहानगरपालिका– ३ बस्ने ३५ वर्षीय विकाश लामालाई प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा शरीर खानतलासी गर्दा ज्याकेटको खल्तीबाट नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी वीरगञ्ज– १६ इनर्वा भन्सार मुख्य गेटमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जको टोलीले नियमित सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४४ प २६५७ नं.को स्कुटी खानतलासी गर्दा चालक विकास लामाको साथबाट लागु औषध भेटिएको प्रहरीले जनाएको छ ।
स्कुटीबाट लागुऔषध विनसिरेक्स १ सय एमएलको २४५ बोतल र नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस बरामद भएको प्रहरीले जनाएको छ । दुवैजनालाई लागुऔषधसम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया