यी हुन् माओवादी केन्द्रको स्थायी समिति बैठकले गरेका चार निर्णय

काठमाडौँ : नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा सरभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहान पेरिसडाँडामा बसेको बैठकले एमालेमा गएका २३ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।
उनकाअनुसार बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय भेला स्थगित गरेको छ । चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको माओवादी केन्द्रले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकले गरेकाे निर्णय :
- माओवादी केन्द्र तर्फका संघीय मन्त्रीहरूलाई फिर्ता बाेलाउने ।
- एमालेकाे कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने ।
- २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ ।
- २०७७ चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको छ ।

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष भण्डारीको आब्हान (प्रेस बिज्ञप्त…
%2520copy_EH5pI3r0VR_hbj9qa4xxyrbjpmzk9nfrqp1bdp34uhjxdtegapwzrwsnplduragizehmyhg_Q9trRaWYZv_9g8j2bewc0rrk4jhul2wqg9bhtpkdcusiekhxckgdxbladehehdhdabtkdlb.jpg)
प्रतिक्रिया