अस्पताल बनाउन सवा १ करोड मूल्य बराबरको जग्गा दान

बर्दिबास : महोत्तरीका एक चिकित्सकले अस्पताल बनाउन सवा १ करोड मूल्य बराबरको जमिन दान गरेका छन् । बर्दिबास नगरपालिका-३ पाटुस्थित पुर्ख्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि दन्त रोगका वरिष्ठ चिकित्सक डा. सुवाश घिमिरेले एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने पाँच कठ्ठा जग्गा दान गरेका हुन् ।
दान गरिएको जग्गामा बन्ने सरकारी जनरल अस्पताल भवनको नगरप्रमुख विदुर कार्कीले शिलान्यास गरेका छन् । शिलान्यासमा वडा-३ का अधक्ष्य राजन ढुंगाना, डा. घिमिरेका दाजु श्याम घिमिरेलगाएतको उपस्थिति थियो ।
सामाजिक क्षेत्रमा योगदान पुर्याएका आफ्ना बाबुको स्मृतिमा स्थानीय बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गा दान गरेको डा. घिमिरेले बताए । नगर प्रमख बिदुर कार्कीले भवन एक वर्षभित्र निर्माण हुने बताए । उनले अस्पताल बनाउन नगरपालिकाले ४५ लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया