पुलिसले जित्यो मेयर कप क्रिकेटको उपाधि

काठमडौँ: नेपाल पुलिस क्लबले शनिबार काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई आठ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।
मेयर कपको उपाधि उचालेसँगै पुलिसले पाँच लाख नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता एपिएफले तीन लाख हात पार्यो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफले टस जित्दै २९.४ ओभरमा एक सय पाँच रन बनायो । जवाफमा पुलिसले २४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
पुलिसका लागि ओपनर सुनिल धमलाले अविजित रहँदै अर्धशतक प्रहार गरे । ८२ बलको सामना गर्दै सुनिलले दुई छक्का र सात चौकाको मद्दतले ५९ रन बनाए । त्यस्तै अर्का ओपनर कुशल भुर्तेल र अनिल साहले समान १५-१५ रन जोडे । अनि दिपेन्द्र सिंह ऐरीको नाममा ११ रन रह्यो । एपीएफका अविनाश बोहोरा र भुवन कार्काीले एक-एक विकेट लिए ।
उता एपीएफका लागि बसन्त रेग्मीले बनाएको २२ रन नै पराजित टिमका लागि सर्वाधिक स्कोर रह्यो । मध्यक्रमका भुवनले १४ रन जोडे भने सन्दिप जोरा र अमर रौतेलाले १८-१८ रनको योगदान गरे । त्यसअघि ओपनरद्वय शंकर राना र आसिफ शेखले एपीएफलाई खराब सुरुवात दिलाए । शंकर चार बनाएर पभेलियन फर्कदा आशिफ शन्यमा आउट भए ।
बलिङतर्फ पुलिसका गुल्सन झा र सागर ढकालले चार-चार विकेट लिए । त्यस्तै पवन सर्राफ र ललित राजवंशीले एक-एक विकेट हात पारे ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया