कोभिड-१९ परीक्षण र उपचार शुल्क लिने सरकारको बाटो बन्द

काठमाडौँः कोभिड-१९ को परीक्षण तथा उपचारमा शुल्क लिने सरकारको रणनीतिमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ । कोभिडको उपचार र परीक्षण निःशुल्क गर्ने सर्वोच्चको आदेशविरुध्द सरकारले गरेको पुनरावलोकन सर्वोच्चले बिहीबार खारेज गरिदिएको हो ।
सर्वोच्चका न्यायाधीश न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले सरकारको पुनरावलोकन निवेदन खारेज गर्ने फैसला गरेको हो ।
यसअघि सर्वोच्चले कोभिडको परीक्षण र उपचारको शुल्क नदिन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । त्यो आदेश सरकारले नमानेपछि अधिवक्तद्वया लोकेन्द्र ओली र केशरजंग केसीले अवहेलना मुद्दा दायर गरेका थिए ।
त्यो अपहेलना मुद्दामाथि फैसना नसुनाउँदै सरकारका तर्फबाट पुनरावलोकन माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १७ गते पुनरावलोकन निवेदन दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकन निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले सरकारको पुनरावलोकन नगर्ने फैसला गरेसँगै अब सरकारले कोभिड परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने भएको छ ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया