झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

झापा : झापामा शनिबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासी नगरपालिका-४ का २७ वर्षीय सरोज कार्की र बाह्रदशी गाउँपालिका-५ की ४३ वर्षीया कलसावती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अपराह्न कमल गाउँपालिका-१ बालुबारीस्थित क्याम्पमा ना १ त ६१६५ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कार्कीको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै बाह्रदशी गाउँपालिका-५ कनकन मार्गमा मे ११ प ८४५१ नम्बरको स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक राजवंशी घाइते भएकी थिइन् । उनको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहे पनि दैनिक सवारी दुर्घटनामा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या बढिरहेको बताए । (रासस)

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया