टोटनहमको अग्रपंक्तिसँग डराएको आर्सनल

काठमाडौँ : आर्सनलले प्रिमियर लिगमा आइतबार(आज) टोटनहमको सामना गर्दैछ । लन्डन डर्बीमा दुई टिम इमिरेट्स रंगशालामा भिड्दैछन् । यी दुई टिमबीचको खेलले उपाधि दौडमा फरक पार्ने छैन । तर टोटनहमले शीर्ष चारमा पर्ने लक्ष्यलाई कायम राख्ने हो भने उसका लागि जित आवश्यक छ ।
उता आर्सनलको नजर भने युरोपा लिगमा छनौट हुन आवश्यक पर्ने स्थानतर्फ छ । । दुई लन्डन टिम अंक तालिकाको मध्यक्रममा रहे पनि, इमिरेट्समा निस्कने नतिजालाई नजरअन्दाज गरिने छैन ।
खेलअघि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा बढी सर्तक देखिएका छन् । टोटनहमको अग्रपंक्ति बलियो भएकाले आफ्ना खेलाडीहरू सचेत हुनुपर्ने उनको भनाइ छ । टोटनहमले यस सिजन सबै प्रकारको प्रतियोगितामा गरी एक सय दुई गोल गरेको छ । युरोपका पाँच ठूला लिग खेल्ने क्लबमध्ये टोटनहम भन्दा बढी गोल गर्ने क्लब बार्यन म्युनिख मात्रै हो ।
ह्यारी केनको अलाबा सन ह्युङ मिन र ग्यारेथ बेल रहने अग्रपंक्तिले इमिरेट्समा टोटनहमको जित बलियो बनाउने सम्भावनालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । ‘टोटनहमसँग खेल्न एकदमै ग्राहो हुनेछ । किनभने उनीहरूको अग्रपंक्तिमा खतरनाक फरवार्डहरू छन् । सायद टोटनहमको अग्रपंक्ति युरोपकै सबैभन्दा बलियो मध्येको एक हो,’ आर्टेटाले भने ।
टोटनहमले यस सिजन सबै प्रकारको प्रतियोगितामा गरी एक सय दुई गोल गरेको छ । युरोपका पाँच ठूला लिग खेल्ने क्लबमध्ये टोटनहमभन्दा बढी गोल गर्ने क्लब बार्यन म्युनिख मात्रै हो ।
केन, सन र बेलले लिगमा कुल ३४ गोल गरेका छन् । केल एक्लैको नाममा १६ गोल र १३ असिस्ट रहेको छ भने सनले १३ गोल र नौ असिस्टको योगदान गरेका छन् ।
‘टोटनहमका फरर्वाडहरू थोरै मौकामै खेल जिताउन सक्षम छन् । उनीहरूको तालमेल पनि राम्रो छ । त्यसकारण टोटनहमलाई रोक्ने रणनीति बनाउन सजिलो छैन,’ आर्टेटाको भनाइ थियो ।
आर्टेटाले टोटनहमको अग्रपंक्तिबारे चिन्ता गरिरहँदा उनलाई आफ्नै रक्षापंक्तिले पनि निराश बनाएको छ । आर्सनलले पछिल्ला १२ मध्ये ११ खेलमा गोल खाएको छ । ‘हामीले विपक्षीलाई धेरै मौका नदिए पनि गोल खान भने रोकिएको छैन । त्यसकारण हामीले आफ्नो रक्षा रणनीतिमा काम गर्न जरुरी छ । यदि हामीले सकरात्मक भएर खेल्ने हो भने, विपक्षीलाई रोक्न सकिन्छ,’ आर्टेटाले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया