नरवणे अब नेपाली सेनाको मानार्थ महारथी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गरेकी छन । राष्ट्रपतिको कार्यलय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच उनलाई उक्त दर्जा प्रदान गरिएको हो । सो समारोहमा जनरल नरवणेलाई खड्ग तथा सनद–पत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै मुलकका वरिष्ठ अधिकारीहरू पन सहभागि थिए ।
विगत सात दशकदेखि दुई मुलुकका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो । उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के एम करिअप्पा हुन । उनलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो । गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए ।
नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा राजदूत क्वात्राको पनि उपस्थिति थियो । राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मान प्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गरेका थिए । उनले यसअघि नेपाल र भारतकोसैन्य सहकार्यबारेमा समकक्षी थापासँग वार्ता गरिसकेका थिए ।
उनले दुतावासमा केही राजनीतिज्ञ र अन्य उच्च अधिकारी, पूर्व जनरलहरुसँग पनि भेटवार्ता गरेका छन ।उनले यो क्रमलाई शुक्रबार पनि जारी राख्नेछन । उनले शिवपुरी स्टाफ कलेजमा अध्यानार्थी सैन्य अधिकारीलाई सम्वोधन गर्ने कार्यक्रम छ । त्यसपछि उनले दूतवाासमा भेटवार्ता जारी राख्ने र अन्तमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेर फर्कने कार्यक्रम छ ।
यसैबीच नेपाल सैनिक श्रीमति संघले गर्दै आएको गतिविधिबारे भारतीय सेनाध्यक्षकी धर्मपत्नी विना नरवणेले जानकारी लिदै उस्तै प्रकारको भारतमा रहेको सैनिक श्रीमति संघको बारेमा जानकारी गराएकी छन् ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया