कटुवा पेस्तोलसहित तीन पक्राउ

बुटवल : रुपन्देहीको मर्चवारबाट हतियारसहित ३ युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकसहित उनीहरूलाई जिल्लाको मर्चवारी-७ कन्चनापुरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई-७ बेतकुइयाका कनै सुरज हरिजन (२४) सोही ठाउँका तौलन हरिजन (२३) र सम्मरीमाई-७ भुन्डिहवाका सकिल मुसलमान (२६) रहेका छन् । जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यूपी ५५ एन ४९४९ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई खानतलासी गर्दा गोली नभएको कटुवा पेस्तोल फेला परेको हो । पेस्तोल र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया