अक्षयकुमार र कट्रिनाको ‘सूर्यवंशी’ वैशाख १७ मा

मुम्बई : अक्षयकुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको फिल्म ‘‘सूर्यवंशी’ले अन्ततः प्रदर्शन मिति तय गरेको छ । लामो समयदेखि यो फिल्म कहिले रिलिज हुन्छ ? भन्ने धेरैमा कौतुहलता थियो । धेरैको कौतुहलता मेटाउँदै फिल्मले अप्रिल ३० मा प्रदर्शन हुने घोषणा गरेको हो ।
गत साल यो फिल्म यही मितिको सेरोफेरोमा रिलिज हुने तयारीमा थियो । गत सालको मार्च २४ मा रिलिज हुने गरी फिल्मको ट्रेलर पनि सार्वजनिक भएको थियो, तर महामारीका कारण भारतको सरकारले हल बन्द गरे पछि यो फिल्मको रिलिज रोकिएको थियो । त्यसयता १ वर्ष बित्न लाग्दा सरकारले हल खोल्ने निर्णय गरेसँगै भारतका वितरक तथा हलवाला यो फिल्मको प्रतीक्षामा थिए ।
केही दिन अघिसम्म पनि यो फिल्म अप्रिल २ मा रिलिज हुने चर्चा थियो । तर, मार्चको मध्यसम्म पनि कुनै चहलपहल नदेखिएपछि यो फिल्म त्यो मितिमा रिलिज नहुने कन्फर्म भएको थियो । तर, रोहित सेठ्ठीको जन्मदिन पारेर फिल्मले प्रदर्शन मिति घोषणा गरेको हो ।
रोहित सेठ्ठीको निर्देशन रहेको फिल्ममा अजय देवगन र रनवीर सिंह पनि अतिथी भूमिकामा देखिन्छन् । यही मितिमा संजयलीला भन्सालीले पनि आफूले निर्देशन रहेको फिल्म ‘गंगुबाई कठैयाबाडी’ रिलिज गर्ने घोषणा गरेका छन् ।
‘सूर्यवंशी’ भारतमा मात्र होइन, नेपालमा पनि प्रतीक्षा गरिएको फिल्म हो । यो फिल्मले दर्शक हल बोलाउने र यसैको आडमा नेपाली फिल्म चलाउने नेपाली निर्माता र हलवालाको मनसुबा अनौपचारिक कुराकानीमा प्रकट हुने गरेको थियो ।
यही फिल्मको आसमा चैत २७ मा घोषणा भएका फिल्मले रिलिज गर्ने हिम्मत गरेको पनि टिप्पणी हुने गरेको थियो । तर, त्यसको १५ दिन पछाडि मात्र ‘सूर्यवंशी’ रिलिज हुने भएपछि यी फिल्मले कति दर्शक हल तान्लान् उत्सुकताको विषय छ ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया