प्रिमियर लिगः एक वर्षपछि गोल गरेका अग्वेरो म्यानचेस्टर सिटीमै रहलान् ?

काठमाडौँ: प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीले फुलहमलाई ३-० ले हराउँदा सर्जियो अग्वेरोले एक गोल गरे । अग्वेरोले ६० औँ मिनेटमा पेनाल्टी गोल गरे । अर्जेन्टिनियन फरवार्डले लिगमा गोल नगरेको एक वर्षभन्दा बढी भइसकेको थियो ।
चोटबाट निरन्तर पिडित भइरहेका खग्वेरोले गत सिजन झन्डै आधा सिजन घुँडाको चोटका कारण मैदान बाहिर रहे । यस सिजन उसतै प्रकृतीको चोट र कोभिड-१९ ले अग्वेरोले १४ खेल गुमाएका छन् । तर शनिबार राती फुलहमसँगको खेलमा गोल गरेसँगै अग्वेरोले राहत महसुस गरे ।
सिटीलाई इंग्लिस फुटबलको पावरहाउस बनाउन महत्वपूर्ण भूमिका खेलेका अग्वेरो पछिल्ला महिनाहरुमा पेप ग्वार्डिओलाको टिममा मुख्य स्ट्राइकर बन्न सकेका छैन । सिटीले लिग जित्दा सधैँ प्रमुख गोलकर्ता बन्ने गरेका अग्वेरो यस पटक भने छायाँमा परेका छन् । उनको उल्लेख्य भूमिका बिना नै सिटी लिग उपाधिको नजिक पुगेको छ भने च्याम्पियन्स लिग र घरेलु कपमा पनि सिटीको सम्भावना बलियो छ ।
सिटीसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदै गरेका अग्वेरो अर्को सिजन कुन क्लबमा हुनेछन्, टुङ्गो छैन । उनी बार्सिलोनासँग पनि जोडिएका छन् । तर अग्वेरोले भविष्यका बारेमा केही निर्णय गरिनसकेको बताउँदै आएका छन् ।
अक्टोबर यता पहिलो पटक लिगमा सिटीको पहिलो एघारमा परेका अग्वेरोले फुलहमसँगको खेलमा उही पुरानो लय देखाए । ३२ वर्षिय स्ट्राइकर पुरै ९० मिनेट मैदानमा रहे । अनि सिटीका अर्का स्ट्राइकर गाब्रियल जेजससँग पनि उनको साझेदारी उत्साहप्रद देखियो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया