माओवादी केन्द्रको बैठक : रामबहादुर थापासहितका नेतालाई कारबाही गर्नेबारे छलफल
काठमाडौँ : सर्वाेच्चको आदेशपछि ब्युँतिएको माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठकमा एमालेको बागमती प्रदेश इन्चार्ज बनेका रामबहादुर थापासहितका नेतालाई कारबाही गर्ने विषय छलफल भएको छ । माओवादी केन्द्रको आइतबार सुरु भएको बैठकमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाहीको तयारी गरेको हो ।
माओवादी केन्द्रले सरकारमा रहेका थापासहितका सांसदहरुलाई फिर्ता हुन निर्देशन दिइसकेको छ । एमालेको केन्द्रीय समितिमा मनोनित भएका नेताहरुलाई दल परित्याग गरेको हो वा होइन त्यसबारे जवाफ पठाउन माओवादी केन्द्रले शनिबार आग्रह गरेको थियो ।
शनिबारको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणिचन्द्र थापा, सिंचाइमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया