लहानको मालपोत कार्यालयमा बम विस्फोट, एक जनाको अवस्था गम्भीर भएपछि काठमाडौं ल्याउने तयारी
काठमाडौं : सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए ।
करिब १ बजेतिर बम विस्फोट भएको खबर आफूले पाएको निरौलाले जानकारी दिए । ६ जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।गम्भीररूपमा घाइते भएकालाई काठमाडौं उपचारका लागि ल्याउने तयारी गरेकव निरौलाले जानकारी दिए ।
उनले इकागजसँग कुरा गर्दै भने, '६ जना घाइतेमध्ये एक जना सिरियस कन्डिसनको घाइते भएको रिपोर्ट आएको छ ।' घाइतेलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको निरौलाले जानकारी दिए । उनका अनुसार बाँकी घाइतेको उपचार विराटनगरमा गर्ने उल्लेख छ ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया