प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ : प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित गरेको हो ।
प्रदेश सभा सचिवलयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गरी विषेश कारणले बैठक स्थगित गर्नुपरेको उल्लेख गरेका छन् । यसअघि फागुन २० गतेका लागि बोलाइएको बैठक १९ गते नै सूचना प्रकाशित गर्दै संसद सचिवालयले चैत २ गतेका लागि बैठक बोलाएको थियो ।
अहिले पुन:स्थगित गर्दै समय समेत ताेकेकाे छैन । अदालतको आदेशपछि एमाले र माओवादी केन्द्र दुई खेमामा औपचारिक रुपमा विभक्त भएपछि यो अवस्था आएको हो । पूर्ववत नेकपा फुटको संघारमा रहँदा आएको यो अवस्था अहिले थप जटिल बनेको छ ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया