पहाडी सडकमा बहादुर गोर्खालीले मात्रै गाडी गुडाउन सक्ने भए : प्रधानमन्त्री ओली
असाधारणरूपमा सडक निर्माण, सुरक्षाको चुनौती

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सडक पूर्वाधार विकासमा नेपाल असाधारण ढंगले अघि बढ्न थालेको बताएका छन् । खासगरी पहाडमा बनेका सडकमा सवारी चलाउन कठिन रहेको भन्दै उनले सुरक्षित सडक निर्माण गर्नुपर्ने बताएका हुन् ।
‘अहिले पहाडमा बनेका बाटाहरूमा बहादुर गोर्खालीले मात्र सवारी हाक्न सक्ने खालको छ,' उनले भने, 'त्यसलाई सबैले गुडाउन सक्ने बनाउनु पर्ने भएको छ ।' पहिलो पटक सातै प्रदेश समेट्नेगरी कुल २ सय १० स्थानीय तहलाई केन्द्रसँग जोड्ने सडक निर्माण सुरुवात गर्दै प्रधानमन्त्रीले पूर्वाधार विकासमा तिव्रता आएको र अब थप तिव्रता आउने समेत बताए ।
‘मानिसलाई विश्वासै गर्न गाह्रो हुने गरी पुर्वाधार विकास गछौं, ' उनले भने । यसका साथै प्रधानमन्त्री ओलीले संघीय, प्रादेशिक वा स्थानीय तहका सडक अबदेखि पक्की र सुरक्षित हुनुपर्नेमा जोड दिए । ‘दुर्घटना स्थिति नआओस् भन्नेतर्फ विचार गरी सुरक्षित सडकको रूपमा बनाउन आवश्यक छ, प्रधानमन्त्रीको भनाई थियो । बाटो लम्बाई बढाउने मात्र नभइ त्यसमा पक्की भित्तो र छेउतर्फ सुरक्षित पर्खाल वा बारका साथै दायाँबाया कुलेसा पनि अत्यावश्यक रहेको प्रधानमन्त्रीको भनाई थियो ।
यसैगरी दुर्गम क्षेत्रमा एक वडामा कम्तिमा एक हेलिप्याड र एक पोखरी हुनुपर्ने धारणा पनि उनको थियो । ’दुर्गम क्षेत्रबाट सुत्केरी महिलाको उद्धार गर्दा कतिपय स्थानमा हेली प्याड नभएका कारण समस्या हुने भएकोले हेलिप्याड चाहिन्छ, अर्कोतर्फ पहाडमा पोखरीहरू खनेर जनावर र चरा चुरुंगीलाई पानी र जमिनको पुनर्सिंचन दुवै हुनसक्छ,' उनले भने ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माण र मर्मतको प्रस्ताव पेश गर्न आह्वान गरेकोमा कुल तीन सय ९२ स्थानीय तहले सडक निर्माण र मर्मतको प्रस्ताव पेश गरेका थिए । त्यस मध्ये आवश्यकता र औचित्यका आधारमा कुल दुई सय १० सडक छनोट भएका थिए ।
आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन् ।
यस्तै १० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाई भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन् । २० किलोमिटरभन्दा लामो सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम साझेदारी गर्नेछन् ।

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया