ओलीविरुद्ध तीन दल एक भएर अघि बढ्न आवश्यक : माओवादी
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीन दल एक भएर अघि बढ्न पर्ने प्रस्ताव माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पेस भएको छ । केन्द्रका अध्यक्षले ओली प्रवृत्तिलाई अन्त्य गर्न सबै प्रकारको राजनीतिक शक्ति प्रयोग गर्न आवश्यक भएको बताएका थिए । उनले आफ्ना सबै कार्यकर्ता र नेतृत्व तहलाई सबै खाले अस्त्र प्रयोग गर्ने बारेमा छलफल गरेका हुन।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्य कार्य भन्दा माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टीबीच सहकार्यले मात्र ओलीलाई गतिलो जवाफ दिन सकिने भन्दै सत्ता सहकार्यको प्रस्ताव राखेका हुन्। बैठकमा यसअघि पनि सबै राजनीतिक विषयमा छलफल भएको छ। आइतबार पेरिसडाँड सुरूभएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा त्यस्तो प्रस्ताव राखेका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने विषयमा पनि छलफल भएको थियो । केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्तावसँगै फरक प्रकारको सहकार्य आवश्यक भएको हो। शनिबार बसेको स्थायी कमिटी बैठकले ओलीतर्फ लागेका नेताहरूलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।
गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, श्रम मन्त्री गौरीशंकर चौधरी, सिंचाइ मन्त्री प्रभु साह र खेलकुद मन्त्री दावा लामा लगायतलाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो । उक्त स्पष्टिकरणमा मन्त्रीहरुलाई भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।
स्थायी कमिटी बैठकको भोलिपल्ट बसेको केन्द्रिय समिति बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही प्रस्ताव राखिएको हो । उनीहरूलाई सोमबारको बैठकले पार्टीबाट निस्कासनको निर्णय हुने पनि अर्का एक केन्द्रीय सदस्यले बताए ।
माओवादी केन्द्र ब्यूँतिए पछि पहिलो पटक भएकाले यसमा अहिलेसम्मका सबै समिक्षा गरिएको छ । प्रदेश प्रमुखको अवस्था के छ, त्यसमा छलफल भएको छ । प्रदेश, विभाग प्रमुखहरुले पनि ओली तर्फका कार्यकर्ताहरुको समस्या समेत प्रस्तुत भएको थियो । यसमा अडेर तल्लै तहदेखि पार्टी अनुशासनको कार्बाहीबारे छलफल भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
एमालेमा गएका नेताहरूलाई माओवादी केन्द्रले पार्टीबाट निष्काशन गर्न गर्न समस्या छैन तर सांसद पदबाट हटाउन भने केही अप्ठेरो परेकाले त्यसमा पार्टीले सोचविचार गर्नुपर्ने विषयमा पनि छलफल भएको एक सदस्यले बताए ।
एउटा पार्टीबाट अर्को पार्टी प्रवेशपछि आफ्नो पार्टीको ह्विप उलंघन नगरेसम्म तत्काल हटाउन मिल्दैन भन्ने धारणा आएपछि यसमा थप अध्ययनमा उनीहरू लागेका हुन । यसरी कारबाही गरेपछि त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्छ । त्यसपछि निर्वाचन आयोगले पद खाली भएको घोषणा गर्दै त्यस स्थानमा निर्वाचनको प्रक्रिया पनि अघि बढाउन सक्छ । बैठक सोमबार पनि बस्ने भएको छ ।
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

प्रतिक्रिया