विद्यासुन्दरसहित तीन मेयरलाई संसदीय समितिले बोलायो

काठमाडौं : उपत्यकाका तीन मेयरलाई संसदीय समितिले छलफलका लागि बोलाएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुरका मेयर चिरिबाबु महर्जन भक्तपुरका मेयर सुनिल प्रजापतिलाई प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बोलाएको हो ।
बेरोजगारीका विषयमा उपत्यकाका दुई महानगरलगायत अन्य स्थानीय तहका मेयरलाई संसदीय समितिले बोलाइएको हाे । समिति सभापति बिमल प्रसाद श्रीवास्तवका अनुसार आइतबार बोलाइएको छलफलमा महानगरभित्र बढिरहेको बेरोजगारीका विषयमा छलफल हुनेछ ।
‘रोजगारी प्रदान गर्नका लागि सरकारले महानगरहरुलाई अनुदान दिएको हुन्छ तर उपत्यकामा बढी बेरोजगारी देखियो’, उनले भने,‘यही विषयमा छलफल गर्न तीनजना मेयरलाई समितिमा बोलाएका छौं ।’
केही दिनअघि काठमाडौं महानगरपालिकाले सडकमा खाना खुवाउने अभियानलाई रोक्न आदेश दिएको थियो । काठमाडौं नगर प्रहरीले खाना खुवाउँदै आएका अभियन्तालाई फोन गरेर अबदेखि खाना नखुवाउन निर्देशन दिइएको थियो । त्यस्तै बुधबार काठमाडौंका मेयर शाक्यले काठमाडौंलाई माग्नेको शहर बनाउन खोजिएको आरोप लगाएका थिए । पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

रामेछापमा फौजी कीराको प्रकोप

काभ्रे बाढी पहिरो : अस्थायी आवास बनाउन ८ महिनापछि पहिलो किस्ताको अनुदान पठ…

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक अर्याल

बुधबारदेखि कान्तिलोकपथ चार दिन बन्द हुने

सशस्त्र प्रहरीले गर्यो नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

प्रतिक्रिया