अवैध लागूऔषधसहित पक्राउ
अवैध-लागूऔषधसहित-पक्राउ

मोरङ- बेलबारी नगरपालिका-४ बेतना सिमसारबाट करिब ५ केजी अवैध लागूऔषधसहित ४ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-१ बस्ने १९ वर्षीय गोबिन्द बिक, १९ वर्षीय मुस्कान राई, धनकुटा आखिसल्ला घर भएका ३३ वर्षीय केशरमान राई र धनकुटा महाभारत घर भएका २८ वर्षीय मनोज राई रहेका छन् ।
लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट छुट्टाछुट्टै समयमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा गोबिन्द र मुस्कानको साथबाट करिब १ केजी गाँजा तथा को.२ ह ३२१५ नम्बरको अटोमा सवार अटोचालक केशरमान र मनोजलाई करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया