अष्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको निधन
लिजेन्ड-क्रिकेटर-शेन-वार

काठमाडौँ : लिजेन्ड क्रिकेटर शेन वार्नको निधन भएको छ । हृद्यघातका कारण ५२ वर्षको उमेरमा उनको निधन भएको फोक्स स्पोट्सले जनाएको छ ।
थाइल्याण्डमा रहेका वार्न अचानक गम्भीर बिरामी परेका बताइएकाे छ । उनी अचेत अवस्थामा रहेका र उपचारका लागि अस्पताल लगिएपनि हाेस् नआएपछि मृत घाेषणा गरिएकाे समाचारमा उल्लेख छ ।
उनले सन् १९९२ मा अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका थिए । लेग स्पिनरमा विश्व क्रिकेटकै उत्कृष्ट वार्न अष्ट्रेलियाले सन् १९९९ को विश्वकप जित्दा टोलीका मुख्य सदस्य थिए । त्यसबाहेक उनी १९९३ देखि २००३ सम्म पाँच खेलको एसेस क्रिकेट श्रृङखलाका विजेता समेत हुन् ।
१५ वर्ष क्रिकेटमा बिताएका वार्नले सन् २००६ मा संन्न्यास लिएका थिए । उनी अष्ट्रेलियाका लागि सर्वाधिक ७०८ विकेट लिने बलर समेत हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया