डर्टमन्ड च्याम्पियन्स लिगमा छनौट नभए हालान्डको रोजाईमा कुन क्लब ?

काठमाडौँ : जर्मन बुन्डेसलिगामा यस सिजन बोरुसिया डर्टमन्ड संर्घषरत छ । गत सिजन लिग उपविजेता बनेको डर्टमन्ड यस पटक भने पाँचौ स्थानमा रहेको छ । घरेलु लिग उपाधि दौडमा सामेल हुननसकेको डर्टमन्डले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान पक्का गरे पनि डर्टमन्डसँग सो प्रतियोगिता जित्ने आत्मविश्वास देखिँदैन । त्यसकारण, डर्टमन्डले च्याम्पियन्स लिग जित्ने लक्ष्य बनाउने भन्दा पनि बुन्डेसलिगाको शीर्षचारमा रहन मेहेनत गर्ने जर्मन क्लबका स्र्पोटिङ निर्देशक माइकल जोर्कले बताएका छन् ।
डर्टमन्ड यस सिजन शीर्षचारमा नरहे स्वभाविकरुपमा उसले अर्को सिजनको च्याम्पियन्स लिग गुमाउनेछ । जसका कारण एर्लिङ हालान्ड जस्ता खेलाडीहरूले डर्टमन्ड छाड्न प्रयास गर्नसक्ने जोर्कको स्किारोक्ति छ ।
गत जनवरीमा रेडबुल साल्जबर्गबाट डर्टमन्ड आएका हालान्डले जर्मनीमा निरन्तर गोल गरिरहेका छन् । बुन्डेसलिगामा २० खेलमा १९ गोल गरेका हालान्डले च्याम्पियन्स लिगमा छ खेलमा १० गोल गरेका छन् । यसरी घरेलु लिग तथा च्याम्पियन्स लिगमा डर्टमन्डका लागि बलियो खेल देखाइरहेका हालान्डलाई नगुमाउन आफूहरू सचेत रहेको जोर्कको भनाई छ ।
‘मैले हालान्ड जस्तो अर्को खेलाडी देखेको छैन । युरोपभर खोजी गरे पनि उनी जस्तो खेलाडी पाउन ग्राहो छ । उनलाई अनुबन्ध गर्न धेरै क्लब लालयित छन् । तर हामी उनलाई डर्टमन्डमै राख्न हरसम्भव प्रयास गर्ने छौँ,’ जोर्कले भने ।
रियल म्याड्रिड, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्ता क्लब हालान्डलाई खरिद गर्न इच्छुक रहेका छन् । डर्टमन्ड च्याम्पियन्स लिगमा छनौट नहुने हो भने आउँदो सरुवा बजारमा हालान्डले कुनै ठूलो युरोपियन क्लब छान्ने सम्भावना धेरै छ । त्यसकारण पनि डर्टमन्ड कुनै हालतमा च्याम्पियन्स लिगमा छनौट हुनुपर्ने दबाबमा छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया