स्थानीय तह सहिद स्मृति गोल्डकप : एपिएफ बाहिरियो, आज संकटा र मच्छिन्द्र भिड्दै

हेटौँडा : बागमती प्रदेशको राजधानी हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा एपिएफले हार ब्यहोरेको छ । आइतबारको खेलमा २-१ गोलले एपिएफलाई हराउँदै बागमती युवा क्लब, सर्लाही प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको हो । हारसँगै नेपाल एपिएफ क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको म्यान अफ दी म्याच बागमती युवा क्लबका विक्रम धिमाल घोषित भए । उनले नगद दश हजार प्राप्त गरे । सेमिफाइनल प्रवेश गर्न अब बागमती युवा क्लब सर्लाहीले अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनसँग चैत्र ३ गते प्रतिस्पर्धा गर्नुपर्नेछ ।
चैत आज संकटा क्लब र मच्छिन्द्र क्लबबीचको खेल हुनेछ । खेलको विजेता प्रतियोगिताको सेमिफाइनमा प्रवेश गर्नेछन् । यसअघि मकवानपुर-११ र नेपाली आर्मी क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ । खेलको फाइनल खेल चैत्र ७ गते हुनेछ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया