१० लाख घूससहित आयोजना प्रमुख पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दश लाख रुपैयाँ घूससहित नेपाल विद्युत् प्राधिकरणका आयोजना प्रमुखलाई पक्राउ गरेको छ । प्राधिकरण हटौंडा–भरतपुर–बर्दघाट २२० केभीए प्रसारण लाइन आयोजना हेटौडाका प्रमुख इश्वरीप्रसाद जयसवाल घूससहित पक्राऊ परेका हुन् । आयोगले घूस लिइसकेको अवस्थामा हेटौडा–१० मा रकमसहित नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार, जयसवाल प्राधिकणका नवौं तहका इन्जिनियर हुन् । उनले निर्माणाधीन प्रसारण लाइनभित्र पर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिन सेवाग्राहीसँग घूस लिएका हुन् ।

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २ करोड ३० लाख जरिवाना

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

प्रतिक्रिया