कोहलीलाई १०० औँ टेस्टमा ‘गार्ड अफ अनर’
कोहलीलाई-१००-औँ-टेस्टमा

काठमाडौँ : पूर्वकप्तान विराट कोहलीलाई भारतीय टेस्ट टिमका खेलाडीले ‘गार्ड अफ अनर’ सम्मान दिएका छन् । शनिबार श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा फिल्डिङ गर्ने क्रममा कोहलीलाई मैदान प्रवेश गर्नुअघि भारतीय खेलाडीले १०० औँ टेस्ट खेलिरहेका आफ्ना सफल र उत्कृष्ट टेस्ट टिमका पूर्वकप्तानलाई गार्ड अफ अनर सम्मान दिएका हुन् ।
१०० औँ टेस्ट क्रिकेटमा यस्तो सम्मान पाउने खेलाडी विरलै हुन्छन् । प्राय गार्ड अफ अनर सम्मान खेलाडीले सन्यास लिएपछि अन्तिम खेलमा दिने गरिन्छ । तर टेस्ट क्रिकेटमा भारतीय टिमले पाएको सफलता, लगातार पाँच वर्षसम्म नम्बर एक टिम बनाउँदै आइसीसीकै उत्कृष्ट खेलाडी र टेस्ट टिमको कप्तान बनेको सम्मानमा खेलाडीले कोहलीलाई गार्ड अफ अनर दिएका हुन् ।
शुक्रबार आफ्नो १०० औँ टेस्टमा कोहलीले ४५ रन बनाएका थिए । यससँगै उनी टेस्टमा आठ हजार रन बनाउने छैटौ भारतीय बनेका थिए । कोहलीले गएको महिना मात्रै टेस्ट टिमको कप्तानीबाट राजीनामा दिएका थिए ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया