डेढ महिनापछि राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार खुल्यो

काठमाडौं : करिब डेढ महिनादेखि रोक्का रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको सेयर फुकुवा गरेको हो ।
कम्पनीले वित्तीय विवरण नपठाएको भन्दै माघ १८ मा नेप्सेले बीमा कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो । त्यसपछि माघ २५ मा 'वित्तीय किन नपठाएको' भन्दै स्पष्टीकरण मागेको थियो । आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण सम्पन्न गर्न दुई महिना लाग्ने भएकाले ढिला भएको जवाफ कम्पनीले दियो ।
नेप्सेले कम्पनीबाट अबका दिनमा माग भएका समयमा वित्तीय विवरण पठाउने शर्तमा कारोबार फुकुवा गरेको जानकारी दिएको छ ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया