खुल्ला सिमानाका कारण बारामा काठ तस्करी बढ्यो

जनकपुरधाम : बारामा पछिल्लो समय काठ तस्करी बढेको तथ्यांकले देखदाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा काठ तस्करीसम्बन्धी ३२ वटा मुद्दा दायर भएका थिए । जस मध्ये २२ वटा डिभिजन वन कार्यालयमा र बारा जिल्ला अदालतमा १० वटा थिए ।
तथ्यांकअनुसार बारामा गत आर्थिक वर्षमा १ हजार २ सय ८२.४ फिट काठ चोरी तस्करी भएको थियो । चालु आर्थिक वर्षको फागुन तेश्रो सातासम्म १ हजार ९ सय ८३.५ क्युफिट काठ चोरी तस्करी भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
कार्यालयका प्रमुख मन्जुर अहमदले विगतको वर्षभन्दा अहिले काठ चोरी तस्करी बढेको जानकारी दिए । उनकाअनुसार लकडाउनमा मान्छेहरू वनमाथि आश्रीत भएको कारणले चोरी तस्करी बढेको हो । सरकारले काठ खरिद बिक्री बन्द गरेकाले चोरीको क्रम बढेको उनको भनाइ छ । जिल्लाको निजगढ, भरतगन्ज, सिगौल, अमरेखगन्ज, नयां बस्ती मधुवन, बोधगन्जलगायतका वन क्षेत्र बढी काठ तस्करी भएको हो ।
खुल्ला सिमानाका कारण २४ घण्टा सशस्त्र वन रक्षक र वन कर्मचारीको गस्ती रहे पनि नियन्त्रण गर्न नसकिएको वन कर्मचारीहरूको भनाइ छ । प्रमुख अहमदले वन तस्करी रोक्नको लागि विस्तृत योजना नै निर्माण गरी अघि बढाइएको जानकारी दिए ।
उनले वन तस्करीका रोक्नुको साथै वन क्षेत्रको संरक्षण समेत सो योजनाको प्रमुख लक्ष्य रहेको छ । वन क्षेत्रभित्र भएको घना वस्ती र चौतर्फी रूपमा खोलिएका बाटोघाटोका कारण निमार्णधीन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा पछिल्लो समय सबै भन्दा बढी तस्करी हुने गरेको छ ।
यता स्थानीयवासीहरूले वन तस्करी रोक्नको लागि खुला सीमालाई जिम्मेवार बताउने गरिए पनि वन कर्मचारीहरूको मिलोमतोमा नै तस्करी हुने गरिएको दाबी गरेका छन । तर कर्मचारीहरूले आफूहरूमाथि लगाईएको आरोप गलत भएको बताउँछन् ।
जिल्लामा ४७ हजार एक सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जस मध्ये ४१ सामुदायिक वन, ४ साझेदारी वन , पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन् ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया