'रोनाल्डो रियल म्याड्रिड फर्कने हल्ला हास्यास्पद'

काठमाडौँ: युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएसँगै क्रिस्टियानो रोनाल्डोको व्यापक आलोचना भयो । अनि उनी रियल म्याड्रिड फर्कने हल्ला पनि चल्न थाल्यो । रियलको स्पेनी ला लिगामा खस्केको प्रदर्शनले पनि रोनाल्डो स्पेन फर्कने हल्लालाई मलजल गर्यो ।
यस्तो हल्लाले युभेन्टस प्रशासनलाई तनाव दिएको छ । युभेन्टसका प्रमुख कार्यकारी अधिकृत फाबियो पाराटिसीले रोनाल्डो रियल फर्कने हल्ला हास्यास्पद रहेको बताएका छन् । ‘रोनाल्डोसँग युभेन्टसको भविष्य जोडिएको छ । उनी स्पेन फर्कने हल्ला हास्यास्पद छ । उनी युभेन्टसमै रहनेछन् । त्यसमा कुनै शंका छैन्,’ पाराटासीले स्पष्ट पारे ।
विगतमा युभेन्टसँग मिचेल प्लाटिनी, जिजी रिभेरा, रोर्बटो बाजियो जस्ता खेलाडीहरू रहेको र रोनाल्डो पनि उल्लेखित खेलाडीहरू जत्तिकै शसक्त रहेको बताउँदै पाराटिसीले टुरिन क्लबमा सधैँ ठूला खेलाडीहरूले खेल्ने इतिहास रहेको बताए ।
‘रोनाल्डोले पाँच पटक बालोनडोर जितेका छन् । कयौँ च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनी जस्तो खेलाडी हाम्रो क्लबमा हुनु गर्वको कुरा हो । उनलाई युुभेन्टसको जर्सीमा देख्ज पाउँदा हामी खुसी छौँ,’ पाराटिसीले स्काई इटालियासँग कुरा गर्दै भनेका छन् ।
आलोचनाको बाबजुद रोनाल्डो यस सिजन पनि युभेन्टसको प्रमुख खेलाडी दरिएका छन् । पोर्चुगिज स्टारले २२ सिरी ए खेलमा २० गोल गरेका छन् । अनि छ च्याम्पियन्स लिग खेलमा चार गोल गरेका छन् । सबै प्रकारको प्रतियोगितामा गरी उनले जारी सिजन २७ गोलको योगदान गरेका छन् ।
युभेन्टसमा कुल एक सय २१ खेल खेल्दा रोनाल्डाले ९२ गोल गरेका छन् । युभेन्टस आउनु अघि रोनाल्डोले रियलमा चार सय ३८ खेलमा चार सय ५० गोल गरेका थिए ।
नोटः शीर्षक सच्याइएको ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया