अमेरिकाका राष्ट्रपतिका उम्मेदवारको आ-आफ्नै तर्क
अमेरिकी लोकतन्त्रलाई कसैले अपहरण गर्न सक्दैन् : वाइडन, धाँधली भयो मतगणना रोकौं : ट्रम्प

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हारको नजिक पुगेसँगै उनले निर्वाचनमा धाँधली भएको जनाउँदै तीन राज्यमा मतगणना स्थगित गर्न माग गरेका छन् । उनले पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गरेको हुन् । उनले त्यहाँको अदालतमा उजुरी नै गरेका छन् ।
अमेरिकी राष्ट्रपति हुन २७० इलेक्ट्रोरल भोट (निर्वाचित प्रतिनिधि) प्राप्त गर्न आवशयक छ । त्यसका लागि हरेक अर्थात ५० राज्यबाट यस्ता मत आफ्नो पक्षमा पार्न आवश्यक छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडनले जित्ने निश्चित प्रायः भएपछि ट्रम्पले उजुरी गरेको आरोप छ ।
यो समाचार तयार पार्दासम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम आइसकेको छ । मतपरिणाम अनुसार डेमोक्र्याट उम्मेदवार बाइडनको अग्रता छ । स्पष्ट रूपमा कसले जित्छ यसै भन्न नसक्ने विश्लेषणहरु आएपनि वाइडन जित्ने प्रायः निश्चित छ । हुनपनि वाइडनले आफु जितिसकेको बताएका छन् ।
‘ब्याटलग्राउन्ड स्टेट’ भनिने पेन्सिल्भेनिया, एरिजोना, जोर्जिया र विस्कन्सिनले नै जितको अवस्था निर्धारण गर्नेछ । अहिले ओहायो, टेक्सस, फ्लोरिडासहित २३ राज्यमा ट्रम्पले जित्ने छन् । ती राज्यमा मतसर्वेक्षणले देखाएभन्दा उनले राम्रो मत ल्याएका हुन् । अमेरिकामा यसपटक करिव १० करोड मतदाताले हुलाक मार्फत् अर्लि भोट (अग्रिम मतदान) गरेका थिए । अमेरिकामा यसपटक झण्डै ७० प्रतिशत मत खसेको आंकलन गरिएको छ । पछिल्लो १ सय २० वर्षमा सर्वाधिक मत हो ।
यतिबेला आएर राष्ट्रपति ट्रम्पले धाँधली भएको आरोप लगाउँदै मतगणनालाई सर्वोच्च अदालतमा चुनौती दिने जनाएका छन् । ट्रम्पका कार्यकर्ताहरूले पेन्सिल्भेनिया, विस्कन्सिन, जोर्जिया र मिशिगनमा मतगणना रोक्न कानुनी प्रक्रिया नै अघि बढाएका छन् । ट्रम्पका कार्यकर्ताले पेन्सिलभेनियाको मत गणनाको विषयलाई अदालतमा पनि चुनौती दिने तयारी गरेका छन् । ट्रम्पका उप-चुनावी व्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने/नगर्ने भन्ने विषयले अन्यौल बढाएकाले यसको निरुपण अदालतबाट हुने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आएका हुन् । हुलाकबाट प्राप्त हुने मतपत्रले चुनावमा धाँधली हुने भन्दै आफू सर्वोच्च अदालत जाने उनले बताएका थिए । ट्रम्पको चुनावी अभियानले विस्कन्सिन राज्यमा पुनः मत गणनाका लागि आग्रह गरेको छ । विस्कन्सिन राज्यमा धेरै अनियमितता भएको दाबी गरिएपनि कहाँ, कसरी धाँधली भयो भन्ने बारेमा केही बताइएको छैन ।
बाइडन पक्षधरहरूले ट्रम्पको टिप्पणीलाई ‘आपत्तिजनक’ भन्दै मतगणना रोक्न नहुने माग गरेका छन् । उजुरीमा मतपत्र राखिएका स्थान र मत गणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । अमेरिकी संचार एजेन्सी एपीका अनुसार मिचिगनमा डेमोक्रेट पार्टीका बाइडनले विजय हासिल गरेका छन् । औपचारिक घोषणा हुन बाँकी छ । नेभादा, पेन्सिलभेनिया र जर्जियामा अझै पनि मत गणना कार्य जारी छ। दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
‘अमेरिकी लोकतन्त्रलाई कसैले पनि अपहरण गर्न सक्दैनन् । यो अहिले मात्र होइन, कहिल्यै सक्दैनन,’ वाइडनले भनेको एपीले जनाएको छ । हार नजिक पुगेपछि धाधली भन्नुको कुनै अर्थ नरहेको भनिरहेको अवस्थामा ट्रम्प अदालत जाने भएका हुन् । मतगणना नरोकिएपछि उनी अदालतको ढोका ढकढक्याउन पुगेका हुन् । निर्वाचनमा धाँधली भयो भनिरहेका ट्रम्पले अहिले हुलाक र इमेल मतबारे प्रश्न उठाएका हुन् ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया