पेलेको रेकर्ड भंग गरेपछि रोनाल्डोले भने : इतिहास मेट्न सकिँदैन

काठमाडौँ: क्रिस्टियानो रोनाल्डोले आइतबार राति सिरी ए मा कालियारीविरुद्ध हयाट्रिक गरे । एकै खेलमा तीन गोल गरेर रोनाल्डोले युभेन्टसलाई महतवपूर्ण तीन अंक बटुल्न मद्दत त गरे नै, विश्व फुटबलमा नयाँ कीर्तिमान पनि राखे ।
कालियारीसँगको खेलमा गरेको गोललाई जोड्दा ३६ वर्षिय रोनाल्डोले आफ्नो करियरमा गरेको गोलको कुल संख्या सात सय ७० पुगेको छ । ब्राजिलका सर्वकालिन महान् खेलाडी पेलेले आफ्नो करियरमा सात सय ६७ गोल गरेको बताइन्छ । यद्यपि पेलेको आधिकरिक गोलसंख्या सात सय ५७ गोल रहेको पनि कतिपयको दाबी छ । जसलाई यसअघि नै रोनाल्डोले भंग गरिसकेका थिए ।
पेलेको रेकर्ड भंग गरेका रोनाल्डो आफू यतीमै नरोकिने बताउँछन् । ‘म नयाँ रेकर्ड र थप उपाधिका लागि तयार छु । मेरो यात्रा यतीमै सकिँदैन । भविष्यमा अझैँ जित्नु छ । युभेन्टस र पोर्चुगलका लागि धेरै उपाधि जित्न बाँकी नै छ,’ रोनाल्डाले भनेका छन् ।
रोनाल्डोले पेलेप्रति आफू सधैँ नतमस्तक रहेको र उनले राखेको कीर्तिमानको सम्मान गरेको पनि बताए । ‘मेरा लागि पेलेको गोलसंख्या सात सय ६७ नै हो । उनले साओ पाओलो र ब्राजिलियन सैन्य टिमका लागि गरेको गोल पनि आधिकारिक नै मान्नुपर्ने बताए । 'त्यसलाई हामीले बदल्न सक्दैनौँ,’ रोनाल्डोको भनाइ थियो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया