कांग्रेस सचेतक पुष्पा भुसाललाई प्रश्न: प्रधान न्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव कता हरायो ?
कांग्रेस-सचेतक-पुष्पा-भु

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सीमित घेराका निहित स्वार्थी विचौलियाहरूको हक–हितको संवर्द्धन र संरक्षण निम्ति पदीय दुरुपयोग गरेको, भ्रष्टाचार र अनियमितता गरी अवैध सम्पत्ति आर्जनको गम्भीर अभियोग लगाउँदै दर्ता भएको महाभियोग प्रस्ताव यतिखेर ‘बेखबर’ छ । संसद् चालू नभएको अवस्थामा महाभियोग दर्ता भएपनि पन्ध्र दिनभित्र संसद् बोलाउँदै टुंग्याउनुपर्ने अवस्था छ । तर सदन चालू हुँदैकै अवस्थामा २२ दिनअघि दर्ता भएको महाभियोग प्रस्ताव अत्तोपत्तो छैन ।
प्रस्तावक सत्ता घटकबाट महाभियोग प्रस्ताव प्रक्रिया अघि बढाउनेमा सक्रिय भएको पाइँदैन । महाभियोग दर्ता भएसँगै राणा निलम्बित अवस्थामा छन् र अदालत कायममुकायम प्रधानन्यायाधीबाट सञ्चालित छ । राणा ‘न्यायालय साख, इज्जत, प्रतिष्ठा र प्रभावकारी र जनआस्था श्रीवृद्धि गर्ने दायित्वबाट विमुख भएको’ महाभियोग प्रस्ताव कता हरायो ? महाभियोग प्रस्तावकमध्येकी एक कांग्रेस सचेतक पुष्पा भुसालसँग इकागजले गरेको संक्षिप्त कुराकानी :
तपाईंहरू प्रस्तावक हुँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गराएको महाभियोग प्रस्ताव २२ दिन भइसक्यो, नियमतः प्रस्ताव दर्ता भएसँगै सात दिनपछिको कुनै बैठकमा प्रस्तुत गरिनुपर्ने प्रावधान छ, तर महाभियोग प्रस्ताव त बेखबर हुन पुग्यो नि ?
संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक राजनीतिक दलहरूसँग संवाद गर्न खोजिँदैछ । प्रतिनिधि सभाका सदस्यहरूमध्येबाट एघार सदस्यीय छानबिन समिति बनाउने व्यवस्था छ । यद्यपि यसमा कुनै दल लेखिएको छैन । त्यही समितिले महाभियोग लगाउनुको आधार र कारण खोज्ने हो । छानबिन समितिमा रहने सदस्यहरू भन्ने बित्तिकै प्रतिनिधि सभामा भएका दलहरूको प्रतिनिधित्व गर्दा उपर्युक्त हुन्छ । सबै दलको प्रतिनिधित्वमा छानबिन हुँदा निष्पक्षता हुन्छ । त्यसो हुँदा छानबिन समिति निर्माणकै निम्ति सबै दलहरूसँग सबै दलहरूसँग संवाद चलाउनुपर्ने हुन्छ ।
महाभियोग प्रस्तावकै सन्दर्भमा प्रमुख विपक्षीलगायत अरु दलहरूसँग संवाद चलेको छ कि छैन ?
महाभियोग प्रस्ताव दर्ता भइसकेपछि हामीहरू एमसीसी सम्झौता अनुमोदनतिर लाग्नुपर्ने भयो, समय त्यता खर्चिनुपर्यो । अब सम्झौता अनुमोदन भइसकेको हुँदा महाभियोग प्रस्तावकै विषयलाई लिएर संवाद प्रक्रिया हुन्छ ।
यो विषय कार्यव्यवस्था परामर्शको समितिको बैठकमै प्रवेश भएको छैन, अनि एमाले त कार्यव्यवस्था समितिको बैठकमा उपस्थित भएको पनि छैन, अनि कसरी प्रक्रिया अघि बढ्छ ?
छानबिन समितिमा सबै दलको प्रतिनिधित्व भयो भने समितिको काम पनि प्रभावकारी हुन्छ । त्यसकारण अब संवादको पहल अघि बढाउनुपर्ने हुन्छ । अबको कार्यव्यवस्था समितिमा यो विषयमा छलफल चल्छ नै । हो, एमाले विगतका कार्य व्यवस्था समितिको बैठकमा उपस्थित भएको छैन । त्यसो हुँदा कसरी अघि बढ्ने त कार्यव्यवस्थामै समितिमै छलफल हुनुपर्छ । महाभियोगका सबै प्रक्रिया कार्यव्यवस्था समितिमै तय हुने हो । तर, अझैसम्म कार्यव्यवस्था समितिमो यो विषय आएको छैन । एजेन्डा आएपछि प्रक्रिया तय हुन्छ नै ।
प्रधानन्यायाधीशविरुद्ध तपाईंहरूले बुँदागत रूपमै गम्भीर प्रकृतिहरू अभियोगहरू लगाउँदै दर्ता गर्नु भएको छ, पारित हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
महाभियोग प्रस्तावमा उल्लेखित अभियोगमाथि छानबिन समितिले अनुसन्धान गर्छ । छानबिन समितिमा जानुअअघि सदनमा पनि महाभियोगबारे छलफल हुन्छ । सदनले निर्णय लिएपछि छानबिन प्रक्रिया अघि बढ्छ । उसले अनुसन्धान प्रारम्भ गर्नुअगावै हामीले यही निर्णय हुन्छ भन्नु हुँदैन । छानबिन समिति निष्पक्ष ढंगबाट काम–कारबाही गर्छ । उसले अभियोगमा उल्लेखित अभियोगमा प्रमाणहरू खोज्छ, बयान लिन्छ । ती यावत् प्रक्रिया बाँकी छन् । त्यसकारण अहिले यही हुन्छ भन्नु राम्रो हुन्न ।
तपाईंको कानुन व्यवसायको पृष्ठभूमि भएको हुँदा महाभियोग प्रस्तावलाई यसरी लामो समय अल्झाईंरहँदा न्याय संपादनममै अप्ठ्यारो पर्दैन र ?
हो, यसलाई चाँडै टुंग्याइनुपर्छ । यसमा सबै दलहरू संवादमा बस्नुपर्ने हुन्छ । पहिला दलहरूबीच नै प्रक्रियामा विषयमा सहमति कायम गर्नुपर्यो नि त ? संसद्मा रहेका दलहरूबीचको छलफलपछि मात्रै प्रक्रिया अघि बढ्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया