बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

१० किलो अफिमसहित पक्राउ

नेपालगञ्‍ज : १० किलो अफिम सहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार १० किलो अफिम सहित बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट जाजरकोटका तिलकबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार अफिमको मोलमोलाई भईरहेको सूचनाका आधारमा जाजरकोटका शाहीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । जानकारी अनुसार, शाही लागुऔषध कारोवारी रहेको बताइन्छ । केही दिनअघि मात्रै बाँके प्रहरीले बाँकेको कुसुमबाट तीन किलो अफिमसहित एकजनालाई पक्राउ गरेको थियो ।