अमेरिका पेरिस सम्झौताबाट बाहिरिएकोका राष्ट्रसंघ दु:खी

काठमाडौं : शक्ति मुलुक अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोका राष्ट्रसंघ र केही मुलुकले दु:ख ब्यक्त गरेका छन् । फ्रान्स, बेलायत, चिली, इटालीलगायतका मुलुकले सम्झौताबाट अमेरिका बाहिरिएको भन्दै दु:ख ब्यक्त गरेका हुन् ।
अन्तराष्ट्रिसंचार संस्थाहरूले अमेरिका हिजोदेखि सम्झौताबाट बाहिरिएको जनाएका छन् । अमेरिकाले गत वर्षदेखि सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेको थियो र सो अभियानबाट बुधबार औपचारिक रूपमा बाहिरिएको हो । उक्त सम्झौताबाट नहट्न अमेरिकालाई विश्वका नेताहरूले आग्रह गरेको भए पनि नमानेको र अन्ततः बाहिरिएको भन्दै त्यसप्रति युरोपेली मुलुकले दुःख ब्यक्त गरेका हुन् ।
सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ गरेको थियो र सोही बमोजिम नै बुधबार बाहिरिएको हो । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरूसँगै अमेरिकाले पनि सम्झौता गरेको थियो ।
विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सम्झौताबाट बाहिरिएकोमा राष्ट्रसंघले दुःख व्यक्त गरेको बताइएको छ । यसअघि पनि सन् २०१५ देखि नै अमेरिकाको यो निर्णयको विश्वका प्रायः मुलुकले विरोध गरेका थिए । तर पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएकी थियो ।

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उड्न सकेनन् लडाकु विमान

बौद्ध अवशेषको दुर्लभ प्रदर्शनका लागि श्रीलङ्कालीहरू क्यान्डीमा भेला
किभलाई ९०९ युक्रेनी सैनिकको शव प्राप्त

प्रतिक्रिया