लहान विस्फोट घटनामा संलग्न भएको आशंकामा एक पक्राउ

जनकपुरधाम : सशस्त्र प्रहरीले सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-१८ का ३९ वर्षीय बलराम मण्डल रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक दिपेश गिरीले मण्डललाई सशस्त्र प्रहरीको टोलीले सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट सोमबार साँझ ५ बजे पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका मण्डल यसअघिका बम काण्डहरूमा पनि संलग्न रहेकोले यस घटनामा पनि संलग्न हुन सक्ने आशंकाको आधारमा पक्राउ गरिएको गिरीले जानकारी दिए ।
आइतबार दिउँसो लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट भएको थियो । विस्फोटमा ६ जना घाइते भएका थिए । घाइतेमध्ये दिनेश भण्डारीको उपचार काठमाडौंमा भइरहेको छ ।
बिस्फोटको जिम्मा जयकृष्ण गोइत समुह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया