झुठो आरोप लगाउने महिलालाई उल्टै कैद

कर्णाली : सुर्खेत जिल्ला अदालतले बलात्कारको झुठो आरोप लगाउने एक महिलालाई उल्टै कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएर बयान बदल्ने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई आज तीन वर्ष छ महिना कैद सजाय सुनाएको हो ।
अदालतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाका अनुसार झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई उल्टै इजलासले कैद सजाय तोकेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै ती महिलाले गत असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
पुर्पक्षका लागि थुनामा रहेका शर्मालाई अदालतले निर्दोष ठहर गरेको छ । अदालतले सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेको छ । (रासस)

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया