भारतमा करिब तीन करोडले कोरोनाविरुद्ध खोप लगाए

भारत : भारतमा गत जनवरी १६ देखि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड-१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५८ हजार ७२५ जना पुगेको छ । हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय सङ्क्रमितको संख्या बढेको पाइएको छ । यसैबीच कोभिड-९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर २२ करोड ७४ लाख सात हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एकै दिनमा सात लाख ३ हजार ७७२ जनाको कोभिड-१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ । (सिन्हा)

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया