बी डिभिजन लिगः १४ खेलमा ५० गोल
बी-डिभिजन-लिगः-१४-खेलमा-५०

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग जारी छ । एन्फाले यसपटक बी डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमै सन्चालन गर्ने भएकाे छ ।
१४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल हुनेछन् । एन्फाले १८ फागुनबाट सुरु गरेको लिगको १४ खेल समाप्त भइसकेका छन् ।
सम्पूर्ण टिमले दुई दुई खेल खेलेसँगै आज लिगलाई विश्राम दिएको छ । लिगका ७७ खेल बाँकी रहँदा ५० गोल पूरा भएका छन् । औसतमा प्रत्येक खेलमा ३ दशमलब ५७ गोल भएका छन् ।
दोस्रो डिभिजनको जारी लिगमा चर्च ब्वाईज युनाईटेड र टुसाल युथ क्लब तथा मध्यपुर युथ एसोसियसन र सामाजिक युथ क्लबबीच सर्वाधिक ७–७ गोल भएका छन् । दुबै खेलमा ५–२ अन्तरका टुंगिएको थियो । जारी लिगमा बाँसबारी क्लब र टुसाल युथ क्लबीचको खेलमा मात्रै गोल निस्किएको छैन ।
दुई चरणको खेल सकिँदा चर्च ब्वाईजले सर्वाधिक ७ गोल गरेको छ भने मध्यपुर युथ एसोसियसन, श्रीकुमारी क्लब तथा सामाजिक युथ क्लबले ५–५ गोल गरेका छन् ।
जारी लिगमा दुई खेलमा सतप्रतिशत जित निकालेका चर्च ब्वाईज युनाइटेड र श्रीभगवती क्लब समान ६ अंक भए पनि गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।
चार अंकको सरस्वती युथ क्लब तेस्रो स्थानमा छ । यस्तै, समान तीन अंक भए पनि मध्यपुर, खुमलर युथ क्लब, रानीपोखरी कर्नर टिम आरसिटी, ब्वाईज युनियन क्लब क्रमशः चौथो, पाँचौ, छैटौं र सातौं स्थानमा छन् ।
यस्तै, नयाँबस्ती युथ क्लब र श्रीकुमारीको समान दुई अंक रहेको छ र क्रमशः आठौं र नवौं स्थानमा छन् । यता, समान एक अंकका विरगंज युनाईटेड, झम्सिखेल युथ क्लब, बाँसबारी क्लब, सामाजिक युथ क्लब र टुसाल युथ क्लब क्रमशः १०औँ देखि १४औं स्थानसम्म छन्।
सामाजिक युथ र टुसाल भने रेलिगेसन क्षेत्रमा छन् । जारी लिगमा शीर्ष दुई क्लब ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन लिगमा घटुवा हुनेछन्।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया