ओलीको चियापान नेपाल समूहले बहिष्कार गर्ने, चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम माधव नेपाल समूहद्वारा बहिष्कार गर्ने भएको छ । मंगलबार बिहान ११ बजेपछि आयोजना गरिएको चियापान कार्यक्रममा माधव नेपाल समूहले आफ्नो समूहका कोही पनि नेताहरुलाई नजान निर्देशन दिएको छ ।
ओलीले चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको छ ।
त्यस्तै माधव नेपाल-झलनाथ खनाल समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने जनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला रोकेर पार्टी एकतालाई बलियो बनाएर साझा सहमति बनाएर जान ओलीले प्रस्ताव गरे पनि नेपाल समूहले भेला नरोक्ने भएको हो । सो भेलाबारे जानकारी दिन आज २ बजे ललितपुरको हेरिटेज गार्डेन सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
ओलीसँगको छलफलपछि नेता नेपालले सोमबार आफ्नो समूहका केन्द्रीय सदस्य, सांसदलगायतलाई ब्रिफिङ गरेका थिए । नेता नेपाल निकट एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले हाम्रो कार्यक्रमहरु यथावत रहेको बताए । त्यसमा कुनै अन्यौलता नआओस् भनेर संक्षिप्त बैठक बोलाइएको बताए ।
आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए । नेता नेपालले सहकार्य सहज नरहेको बैठकमा बिफ्रिङ गरेका थिए ।
सर्वोच्च अदालतले एमाले ब्युँताएपछि चर्को विवाद छ । केही दिनअघि मात्रै ओलीले नेपाल समूहका केही नेतालाई हटाएका थिए । नेपाल समूहका केही प्रदेश प्रमुखसमेत ओलीले हटाएपछि नेपाल समूहले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने बताएका थिए । सात वटै प्रदेशमा नेपाल समूहले आफ्नै समानान्तर कमिटी घोषणा गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया