‘कृ’ निर्देशकको ‘बाबरी’बाट नितेश आउट, धिरज मगर इन !

काठमाडौं : सुटिङको अन्तिम तयारी रहेको ‘बाबरी’ले अन्तिम समयमा कलाकार हेरफेर गर्ने भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बन्न गइरहेको फिल्मबाट गायक नितेशजंग कुँवर आउट भएका छन् भने उनको ठाउँमा धिरज मगर इन हुने भएका छन् ।
यद्यपि निर्माण टिमले धिरजसँग कागजी सम्झौता भने गरिसकेको छैन । ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीले निर्माण गर्न लागेको यो फिल्ममा नितेशले उनको अपोजिटमा काम गर्ने गरी वर्कसपसमेत गरेका थिए । तर, सुटिङको मुखमा नै कोरोना भाइरसको महामारी सुरु भएपछि यो फिल्म फ्लोरमा जान सकेको थिएन ।
त्यसको ठीक एकवर्षपछि फिल्म फ्लोरमा जाने तयारीमा रहँदा मुख्य कलाकार हेरफेर हुन लागेका हुन् । निर्माण टिम र धिरजबीच मौखिक सम्झौता भइसकेको छ तर लेखापढी भने हुन बाँकी छ । धिरज ‘आइ एम ट्वान्टी वान’को बाँकी सुटिङका लागि धरान निस्किएका कारण यसको काम सकिएपछि मात्र दुवैबीच सम्झौता हुनेछ ।
अब फिल्ममा अदितीले दुई धिरजसँग रोमान्स गर्नेछिन् । दुई फिल्म रहने हिरोमा निर्माण टिमले यसअघि नै तृप्ति नाडकरका छोरा धिरज टोटलानीलाई अनुबन्ध गरिसकेका छन् । फिल्मको सुटिङ चैत २० बाट गर्ने सुरु गर्ने र्निाण टिमको तयारी छ । ‘आभास’बाट निर्देशनमा डेब्यू गरेका सम्पादक सुरेन्द्र पौडेलले अनमोल र अदितीलाई लिएर ‘कृ’को निर्देशन गरेका थिए ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया