राष्ट्र बैंकले वित्तीय विवरण सच्याउन लगाएपछि सारथीको लाभांश संशोधन

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय विवरण सच्याउन लगाएपछि सारथी लघुवित्त वित्तीय संस्थाले आफ्नो लाभांश संशोधन गरेको छ । संशोधित प्रस्ताव अनुसार अब यो लघुवित्तले ८ दशमलव १२ प्रतिशत बोनस सेयर बाँड्ने भएको छ ।
फागुन १२ मा सारथी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ९ दशमलव ११ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको थियो ।
नयाँ नेपाल लघुवित्तसँगको मर्जरपछि कायम हुने चुक्तापुँजीको ९.११ प्रतिशत बोनस बाँड्ने उल्लेख थियो । राष्ट्र बैंकले फागुन १७ मा मर्जर अघिको नयाँ नेपाल लघुवित्तलाई वित्तीय विवरण सच्याउन निर्देशन दिएपछि लघुवित्तले सच्याएको हो ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया