अन्तर्राष्ट्रिय बजारमा सुन महँगिदा नेपालमा किन बढेन ?
दुई दिन लगातार समायोजन भएन सुनको भाउ

काठमाडौं : चैतको सुरुवातदेखि सुनको भाउ समायोजन भएको छैन । अन्तर्राष्ट्रिय बजारमा बढ्दा पनि नेपाली बजारमा सुनको भाउ यथावत नै छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस एक हजार ७ सय २६ अमेरिकी डलर थियो । मंगलबार सुन एक हजार ७ सय ३४ डलर पुगेको छ । तर, नेपाली बजारमा समायोजन भएन ।
अमेरिकी डलरको मुल्य सस्तिएकाले सुनको भाउ समायोजन नभएको सुनचाँदी व्यवसायी बताउँछन् । डलर सस्तिएपछि सुनको मूल्यलाई स्थिर राख्न मद्दत पुगेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।
आइतबारको तुलनामा सोमबार सुनको भाउ घट्यो । तर नेपाली बजारमा सुनको मूल्य समायोजन भएन । सोमबार डलर महँगिएपछि सुनको भाउ घटाउन नसकेको उनले बताए । आइतबार सुनको मूल्य प्रति औंस एक हजार ७ सय २८ अमेरिकी डलर थियो ।
आइतबार डलरको मूल्य ११६ दशमलव ६० रुपैयाँ थियो । जबकी सोमबार यसको मूल्य ११६ दशमलव ७० रुपैयाँ पुग्यो । डलरमा हुने घटबढले सुनलाई स्थिर राखेको हो । नेपाली बजारमा आइतबारदेखि सुनको भाउ तोलामा ८६ हजार ६ सय रुपैयाँ कायम छ ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बिडेनले आगामी कार्यक्रम कस्तो ल्याउने भन्ने निश्चित नभएकाले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरू 'पर्ख र हेर'को अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

नयाँ वर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क ट…

एमएडब्लू वृद्धिले निर्माण गर्यो नेपालभर १ सयभन्दा बढी स्थानमा चार्जिङ स्टेसन

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकाल…

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

प्रतिक्रिया