आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

लागूऔषध ओसारपसार गर्ने एक जना पक्राउ

सिन्धुली : सुमोमा लागूऔषध ओसारपसार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको  छ । बारा जिल्ला कलैया नगरपालिका–६ बस्ने २० वर्षीय कुमार साहलाई सिन्धुली प्रहरीले लागूऔषधसहित सोमबार पक्राउ गरेको हो । 

कमलामाई नगरपालिका–९ चुरेस्थित बि.पि.राजमार्ग सडक–खण्डमा काठमाण्डौं तर्फ आउंदै गरेको ना.१.ज.६७७३ नम्बरको सुमोलाई रोकेर सुरक्षाजाँच गर्दा प्रहरीले सुमोमा सवार कुमार साहको साथबाट लागु औषध डाईजिल्याब पाँच सय एम्पुल, नुफ्रिन पाँच सय एम्पुल र हाईड्रोक्लोराईड पाँच सय एमपुल बरामद गरेको थियो ।