नेपाली बजारमा ओपो ए ७६ सार्वजनिक गर्ने ओपोको तयारी
नेपाली-बजारमा-ओपो-ए७६-सार

काठमाडौंँ – स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपालमा आफ्नो लोकप्रिय फोनको सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन, ओपो ए ७६ सार्वजनिक गर्ने घोषणा गरेको छ ।
ओपो ए ७६मा ओपोले आफ्नो स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्कने जानकारी दिएको हो ।
ओपो ए ७६मा अभुतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिने बताइएको छ ।
प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यक पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपर चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीपनि उपलब्ध हुनेछ ।
ट्रेण्डी डिजाइन सहितको यो फोन मार्फत सक्रिय अवस्थामा अमूल्य पलहरुलाई तस्विरमा कैद गर्ने कार्यमा सहजतार्थ उच्च एआई सक्षम क्यामेराहरु पनि दिइएको छ ।
यसमा प्रयोग गरिएको ३३ वाट सुपर चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ता बिना आफ्नो दैनिकीको मज्जा लिन सक्ने ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने जानकारी दिए ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया