सुनको गहना चोरी गर्ने २ जना पक्राउ

हेटौंडा : सुनको गहना चोरी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गहना चोरी गरेको अभियोगमा प्रहरीले मकवानपुरको बकैया गाउँपालिका-२ बस्ने २० वर्षीय गणेश बहादुर स्याङ्तान र बकैया गाउँपालिका-३ बस्ने १९ वर्षीय दिपेश बिकलाई आइतबार पक्राउ गरेर आज मंगलबार सार्वजनिक गरेको हाे ।
गत माघ २३ गते साँझ ६ बजे समय बकैया गाउँपालिका-३, हात्तीसुँडेस्थित न्यु सुनचाँदी पसलबाट सुनका गहना र नगद चोरी भएको भनी प्रहरीमा उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले २० लालको सुनको माईली तिलहरीसहित स्याङ्तान र बिकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया