बेरोजगार हुनुहुन्छ ? प्रहरीको विभिन्न पदमा ३६० जनालाई जागिर खुल्यो

काठमाडौं : नेपाल प्रहरीको ‘प्रहरी कार्यालय सहयोगी’मा भर्ना खुलेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर भर्ना खुलाएको हो । जसअन्तरगत विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि भर्ना खुलेको हो ।
२ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ/बुनाइतर्फ, ५० जना कुचिकार, ९ जना माली/बगैंचे र १५ जना खेलाडीका लागि जागिर खुलेको हो । मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय दिइएको छ ।
खेलाडीबाहेक अन्यले ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिने बताइएको छ । खेलाडीले भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त दिन पाउनेछन् । दरखास्तका लागि एक सय रूपैयाँ राजश्व लाग्नेछ ।
१८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाका साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने छन् ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

प्रतिक्रिया