मानिसलाई किन थकान महसुस हुन्छ ?

काठमाडौँ- कार्यालयमा बस्दा वा यात्रा गर्दा धेरै मानिसहरू थाक्ने गर्छन् । यात्रा गर्दा स्वभाविक रुपमै थकित हुन्छन् । तर, बस्दा पनि थकाइ लाग्छ भने शरीर वा स्वास्थ्यमा केही समस्या आएको हुन सक्ने बुझ्नुपर्छ । मानिसको शरिरलाई कामअनुसार शरिरको लागि उत्तिकै आरामको जरुरत पर्छ ।
कामको लोडले मात्र मानिसलाई थकान महसुस हुन्न । विविध कारणमध्ये शरीरमा स्वस्थ्य आहार नहुनु पनि हो । अहिले सबैभन्दा बढी मानिस विलासी बनेका छन् । पैदल हिडनको सट्टा सवारीसाधनको प्रयोग गर्ने गरेका छन् ।
सामान्यतया काम गर्ने ठाउँमा मानिसहरू थकित र अल्छीपनको महसुस गर्छन्। यसले मानिसहरूको काम गर्ने क्षमता घटाइरहेको हुन्छ । धेरै मानिसलाई प्रशस्त सुते पनि निन्द्रा लाग्ने, थकित महसुस भइरहेको हुन्छ । किन मानिसहरू थकित हुन्छन् ? यसका कारणहरु :
१. प्रशस्त पानी नपिउनु
शरीरमा पानीको मात्रा कम भएमा यसले शरीरलाई थकित महसुस गराउँछ । त्यसैले प्रशस्त मात्रामा पान पिउने गर्नुस् ।
२. आइरनको कमी
रगतमा आइरनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रसस्त मात्रामा पाइने गेडागुडी, अन्डा, हरियो सागसब्जी खाने बानी गर्नुपर्छ ।
३. ब्रेकफास्ट
ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार-हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरी नै तपाइँ थकित रहने सम्भावना प्रबल हुन्छ । त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।
४. अनियमित ब्यायाम
यदि व्यायाम गर्नुपर्छ । तर, नियमित हुनुहुन्न भने व्यायाम छाड्नुभएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फुर्त रहन सक्नुहुन्न त्यसैले व्यायामलाई नियमित बनाउनुस् ।
५. काममा लोड
कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले शरीरमा स्वतः स्फुर्त रहन दिदैन । तनावले विस्तारै विस्तारै मानिसलाई गलाइरहेको हुन्छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

प्रतिक्रिया